व्यवसायिक घरना त्रिवेणी ग्रुपले निर्माण गरिरहेको त्रिवेणी राइस मिल असोजदेखि सञ्चालनमा आउने भएको छ। राइस मिल २०८० वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भएको थियो।
भन्सार विभागले भन्सार ऐन, विश्व व्यापार संगठन (डब्लुटीओ), विश्व भन्सार संगठन र मूल्यअभिवृद्धि करको मर्म र भावनाविपरीत फेरि डेटाबेस अद्यावधिक गरेको छ। यसअघि २०७९ चैत महिनामा डेटबेस अपडेट गरेको विभागले ४ महिनापछि फेरि अद्यावधिक गरेको हो।
बाबा रामदेवको कम्पनी पतञ्जली फुड्सले जुन त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । पहिलो कम्पनीको आर्थिक वर्ष २०२३(२४ को खुद नाफा ६४ प्रतिशतले घटेर ८७८ करोड रुपैयाँ पुगेको छ ।
ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य भ्याटमा दर्ता हुन आन्तरिक राजस्व विभागले ताकेका तारेको छ । आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानुनी व्यवस्था छ ।
नेपालको प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहको नेतृत्वमा ५ अर्बकोे कृषि कम्पनी सञ्चालनमा आउने भएको छ । समूहले सर्वसारणको लागि आईपीओसहित ५ अर्बको कृषि कम्पनी सञ्चालनमा ल्याउन लागेको हो ।
अब उद्योगी व्यापारीले विदेशबाट एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको वस्तु आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
चितवनको बजारमा चिनीको मूल्य फेरि उकालो लागेको छ । हाल उपभोक्ताले प्रतिकिलो एक सय रूपैयाँमा चिनी खरिद गरिरहेका छन् । व्यवसायीहरु चिनी अब प्रतिकिलो खुद्रा मूल्य नै एक सय १० रूपैयाँसम्म पुग्ने बताउँछन् ।