अब उद्योगी व्यापारीले विदेशबाट एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको वस्तु आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
चितवनको बजारमा चिनीको मूल्य फेरि उकालो लागेको छ । हाल उपभोक्ताले प्रतिकिलो एक सय रूपैयाँमा चिनी खरिद गरिरहेका छन् । व्यवसायीहरु चिनी अब प्रतिकिलो खुद्रा मूल्य नै एक सय १० रूपैयाँसम्म पुग्ने बताउँछन् ।
विश्व खाद्य कार्यक्रमले गत माघमै ल्याएको ५४ हजार किलो चामलको गुणस्तर जाँच गर्दा अखाद्य पाइएपछि भन्सार पास नगरी यार्डमै थन्क्याइयो । ५ महिनापछि उक्त चामल पुनः गुणस्तर परीक्षण गरियो र खानयोग्य भन्दै भित्र्याइयो ।
केहिदिनअघि मात्रै भारतले बासमती बाहेकको सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाउने घोषणा गर्यो । यसको असर विश्वबजारमा देखिने विज्ञहरु बताउँदै आएका छन् । विश्वभर चामल निर्यात गर्ने प्रमुख देशमध्ये भारतले नै आफ्नो देशमा उत्पादन कम हुँदा मुद्रास्फितिलाई नियन्त्रण गर्न भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि यसको ठूलो असर पर्ने विज्ञहरु बताउँदै आएका छन् ।
भारतले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ४ साउनदेखि बासमतीबाहेकको चामल निर्यातमा रोक लगाएपछि सरकारले आपूर्ति व्यवस्था बिथोलिनसक्ने निष्कर्ष निकालेको छ ।
काठमाडौं। व्यावसायिक घराना गोल्छा परिवार र विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलामी भएको छ। श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले सकारेको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । एक महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म बढेको छ । विगत एक महिनादेखि कच्चा तेलको मूल्य ‘ट्रेन्ड’ उकालो लागेको छ ।