 
                काठमाडौं । तीन महिनाको अवधिमा देशभरका २८ वटा भन्सार कार्यालयबाट आयात हुँदा १३ वटा कार्यालयबाट निर्यात शून्य छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ४० अर्ब ८७ करोड ४९ लाख रुपैयाँको वस्तु निर्यात गर्दा १३ वटा भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात गर्न सकेको छैन । नेपालले चालु आवको तीन महिनामा विभिन्न मुलुकबाट ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जसमा नेपालले सबै भन्सार कार्यालयबाट वस्तु आयात गरेको देखिन्छ ।
भन्सार विभागअनुसार भद्रपुर, चोभार, गौतम बुद्ध विमानस्थल, जनकपुर, महेशवर, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी कार्यालयबाट वस्तु आयात भएपनि निर्यात भने भएको छैन ।
नेपालले वस्तु आयात गरेको तुलनामा निर्यात निकै कमजोर छ । नेपालले विश्वबजारको आवश्यकताअनुसार वस्तु उत्पादन गरी निर्यात गर्न नसक्दा निकासी झनै कमजोर हुँदै गएको छ ।
नेपालले तीन महिनाको अवधिमा शून्य निर्यात गरेको भद्रपुर कार्यालयबाट ३४ करोड १२ लाख रुपैयाँको वस्तु आयात गरेको छ। त्यसैगरी, चोभार भन्सार कार्यालयबाट २८ करोड ७७ लाख रुपैयाँ, गौतमबुद्ध विमानस्थलबाट ७६ लाख रुपैयाँ, जनकपुरबाट ३५ करोड ४३ लाख रुपैयाँ बराबरको बस्तु आयात भएको छ। त्यस्तै, महेश्वरबाट ९ करोड ७७ लाख रुपैयाँ, राजविराजबाट ८ करोड ९७ लाख रुपैयाँ, साठीबाट ९ करोड ९९ लाख रुपैयाँ, सिराहाबाट ५ करोड ३१ लाख रुपैयाँ, सुनसरीबाट ५० करोड ८४ लाख रुपैयाँ, सुठौलीबाट २९ करोड ५३ लाख रुपैयाँ, तातोपानीबाट ७ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ र त्रिवेणी भन्सार कार्यालयबाट ६४ लाख रुपै