मन्त्रिपरिषदको निर्णय भएको एक सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन चिनी खरिदका लागि टेन्डर गरेको हो। कर्पोरेसनले १५ दिनको समय राखेर टेन्डर सूचना गरेको छ।
उद्योगीसँग स्टक सकिएसँगै भाउ निरन्तर उकालो लागेपछि संसदीय समितिले चाडवाडका लागि चिनी जम्मा १ प्रतिशत भन्सार दरमा आयात गर्न दिन सरकारलाई निर्देशन दिएको छ।
न्युरोडका व्यापारी श्याम अग्रवाल (नाम परिवर्तन) को फाइल राजस्व अनुसन्धान विभागले भदौ ५ गते नियन्त्रणमा लियो। उनको वार्षिक कारोबार ७० करोड रुपैयाँबराबर देखियो।