नेपालको चिया निर्यातमा संकट, भारतको नयाँ नियम प्रभावकारी

नेपालको चिया निर्यातमा संकट, भारतको नयाँ नियम प्रभावकारी
April 29, 2026

नेपालको चिया निर्यातमा संकट, भारतको नयाँ नियम प्रभावकारी


भारतले मे १ देखि चिया आयातमा कडा नियम लागू गर्दै प्रत्येक खेपमा अनिवार्य ल्याब परीक्षण लागू गरेको छ। यसले नेपालको करिब ८६% चिया निर्यात प्रभावित हुने देखिएको छ।


प्रत्येक नमूनाको परीक्षण लागत ₹11,120 + GST लाग्नेछ भने रिपोर्ट आउन १५–२० दिन लाग्नेछ। यसले ढुवानी ढिलाइ, लागत वृद्धि र गुणस्तर घट्ने जोखिम बढाएको छ।
नेपालबाट वार्षिक १५,६०० मेट्रिक टन चिया निर्यात हुनेमध्ये करिब १४,५०० मेट्रिक टन भारत जाने भएकाले यो निर्णयले रु. ४.५९ अर्ब बराबरको व्यापारमा असर पर्नेछ।
उद्योगीहरूले यसलाई non-tariff barrier को रूपमा व्याख्या गर्दै तत्काल कूटनीतिक पहलको माग गरेका छन्।