इरान–इजरायल युद्धको असर नेपालमा, खाने तेलको मूल्य आकाशियो !

इरान–इजरायल युद्धको असर नेपालमा, खाने तेलको मूल्य आकाशियो !
March 10, 2026

काठमाडौँ: नेपाली बजारमा पछिल्लो समय खाने तेलको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेपछि यसको प्रभाव नेपालमा पनि देखिएको हो। 


व्यवसायीहरूको अनुसार इरान र इजरायलबीच चलिरहेको द्वन्द्वका कारण विश्व बजारमा खाने तेलका लागि प्रयोग हुने कच्चा पदार्थ महँगिएको छ। यही कारणले गर्दा नेपालमा पनि खाने तेलको मूल्य बढ्दै गएको बताइएको छ।


नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अनुसार सूर्यमुखी तेलको मूल्य एक कार्टुनमा करिब ५०० रुपैयाँसम्म वृद्धि भएको छ। अहिले नेपाली बजारमा विभिन्न ब्राण्डका खाने तेलको मूल्य करिब २७०० देखि २८०० रुपैयाँ प्रति कार्टुनसम्म पुगेको छ।


करिब एक महिना अघिसम्म प्रतिलिटर करिब २४० रुपैयाँ पर्ने सूर्यमुखी तेलको मूल्य अहिले बढेर ३०० रुपैयाँ प्रतिलिटर आसपास पुगेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारको अवस्था यहीँ रूपमा रहिरहेमा मूल्य अझै बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।

 

For sunflower rate visit: Sunflower Oil 

For masoor dal rate visit: Masoor Dal